समातिए बुद्धको सुनको मुर्ती भन्दै ठगी गर्ने गिरोह

 

असार ११, काठमाडौं । महानगरीय प्रहरी वृत्त बलाजुले बुद्धको सुनको मुर्ती भन्दै ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । 

गोर्खा दरबारको आठ किलोको बुद्धको सुनको मुर्ती भन्दै साठी लाखमा बार्गेनिङ गरिरहेको अवस्थामा ४ जनालाई बालाजु प्रहरी वृत्तले पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेमा रामेछाप मन्थलीका ३२ बर्षिय बसन्त श्रेष्ठ, बर्दिबास ८, महोत्तरीका २० बर्षिय अनिल बानिया, भिमेश्वर १ दोलखाका ५२, बर्षिय रामराज सिवाकोटी र माज्कोट २ तनहुँका २३ बर्षिय मीन बहादुर कुवर रहेका छन् । 

थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख उत्तम सुवेदीले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *