नेपालले विश्व पौडी च्याम्पियनसिपमा भाग लिने

काठमाडौं, साउन ४ । नेपालले हङ्गेरीमा हुने सत्रौँ एसियाली विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली आज त्यसतर्फ जाँदैछ । यही साउन ८ गतेदेखि सञ्चालन हुने पौडीमा चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली हंगेरी जान लागेको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्र हमाल, पौडी संघका महासचिव जगतमान श्रेष्ठले हिजो बिदाइ गर्नुभयो । प्रतियोगितामा विभिन्न समूहमा पुरुषतर्फ शुभम् श्रेष्ठ तथा सुब्बा बराल र महिलाको स्पर्धामा सोफिया शाह र टीसा शाक्यले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *