धरानमा २० औ छिमेकी साँझ हुँदै

धरान,सुनसरी कात्तक १८ । सुनसरीको धरान १२ स्थित चतरा लाईनमा छिमेकी युवा समाजको आयोजनामा भोली सोमबार २० औ छिमेकी साँझ हुने भएको छ । राष्ट्रिय स्तरमा चर्चामा आएका कलाकार देखी स्थानिय स्तरमा चलेका कलाकार सम्मले सो साँझमा आफनो प्रस्तुती दिन लागेका छन् । 

छिमेकी साँझ २०७५ मा नेपाली कला क्षेत्रमा चलेका चर्चित कलाकारहरु मेलिना राई, शिब लामिछाने, प्राश्ना शाक्य, लगायतको बिशेष प्रस्तुती रहनुका साथै छिमेकी युवा क्लवले नै धरान भरीबाट प्रतियोगितात्मक शैलीमा छानिएका उत्कृष्ट ६ जना कलाकालहरु मध्येबाट प्रतियोगिता गराई उत्कृष्ट हुने एक जनालाई नगद रु. २५ हजार समेत प्रदान गरिने आयोजक छिमेकी साँझका मुल संयोजक सरोज भटट्राईले जानकारी दिएका छन् । सोहि कार्यक्रममा सामाजिक, साँस्कृतिक र खेलकुद तथा जेष्ठ नागरिकको रुपमा रहनुभएका ५ जनालाई सम्मान समेत गरिने आयोजकले जनाएको छ । जहाँ समाजिक रुपमा योगदान दिने जेष्ठ नागरीक ८८ बर्षिया राजेन्द्र आचार्य, ८५ बर्षिया ईन्दिरा हलुवाई, खेलकुदमा योगदान गर्नुहुने बिरु राई, तथा कुमार सुब्बा र साँगितिक क्षेत्रमा योगदान पुरर्याउने ब्यासायी तथा गायक शिब लामिछाने रहेका छन । 

अन्य समयको तुलमा हुने कार्यक्रममाभन्दा यो साँगितीक कार्यक्रम भिन्न हुन लागेको आयोजक छिमेकी युवा समुहका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *