कबि खेरसको ‘कोलम्बस यात्रा’
मंसिर २७, काठमाडौँ । बेलायतलाई कर्मथलो बनाएर कविता साधना गरिरहेका खोटाङका कवि देवेन्द्र खेरेस आफ्नो दोस्रो कविताकृति ‘कोलम्बस यात्रा’ लिएर आएका छन् । उनले एक दशकअघि ‘रुङ्रीको बयान र नदी किनारा’ नामक पहिलो कविताकृतिबाटै आफ्नो पहिचान स्थापित गरेका थिए ।
कबि खेरेसको ‘कोलम्बस यात्रा’को नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका वरिष्ठ कवि बैरागी काइँलाले नेपाली वाङ्मय परिषद्, नेपाल र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा राजधानीमा आयोजित एक समारोहमा लोकार्पण गरेका छन् । उक्त समारोहमा काइँलाले मूलधारको नेपाली साहित्यले डायास्पोराको साहित्यलाई स्वीकारकार नगरेको भन्दै अब डायास्पोरिक साहित्यलाई स्वीकार नगरी धर नपाइने बताए । कविहरू स्वाभावैले युद्धबिरोधी हुने उल्लेख गर्दै उनले युद्धको कबिता लेख्नु भनेको युद्धको अन्त्यको चाहना राख्नु जिकिर गरे । उनले भने, ‘कबि खेरेसका कबिताहरू निकै सशक्त छन् ।’
null
कार्यक्रममा कबि जसराज किराती, श्रवण मुकारुङ र सुरेश हाचेकालीले मन्तव्य व्यक्त गरेका थिए । उनीहरूले कबि खरेसका कबिताले देश, समाज, सँस्कृति र डायास्पोराका विषयलाई लिएर खेरेसले रचेका कबिताहरू अब्बल रहेको दाबी गरे ।
कार्यक्रममा कवि खेरेसले कबिता लेखन अनुभूतिबारे बताएका थिए । नेपाली प्रतिभा पतिष्ठान, बेलायतद्वारा प्रकाशित ‘कोलम्बस यात्रा’ भित्र ‘मेरा कबिताहरू’, ‘एक निर्वासित बकपत्र’, ‘एभन नदी बग्न चाहन्छु’, ‘मलाई परदेशी नभन्नु्’ लगायत ३१ वटा कविता समाबिष्ट छन् ।