राजपा आन्तरिक विवादमा फस्यो

काठमाडौं– आन्तरिक विवादका कारण राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेपाल का नेता अलमलमा परेका छन् । सरकारलाई दिएको समर्थन दसैं, दीपावली तथा छठ पछि फिर्ता लिने चेतावनी दिएको राजपा नेपालले आन्तरिक विवादले बैठक नै बस्न सकेको छैन ।  

गत ४ मंसिरमा अध्यक्ष मण्डलका संयोजकमा राजेन्द्र महतोलाई चयन गरिएको थियो ।आजको राजधानी दैनिकमा  खबर छापिएको छ ।  

अध्यक्ष मण्डलको संयोजक रहेका महन्थ ठाकुरलाई हटाउँदै बैठकले ठाकुरको अवैधानिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।  

null

ठाकुरलाई संयोजकबाट हटाउनु र उनको नियुक्ति खारेज गर्नुले अध्यक्ष मण्डलको बैठक नै बस्न सकेको छैन । राजपा नेपाल स्रोतले दिएको जानकारीअनुसार आन्तरिक विवाद झन्झन् बढ्दै गएकाले बैठक अनिश्चित बन्दै गएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *