यात्रुबाहक बस दुर्घटना, ३५ जनाको मृत्यु
मकालु खबर
२०७६ असार १७ गते
असार १६, कश्मीर । भारत प्रशासित कश्मीरमा मिनीबस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
सोमबार बिहान मिनीबस अनियन्त्रित भएर सिर्गवाडी क्षेत्रस्थित खोल्सामा खस्दा कम्तिमा ३५ जना यात्रुको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
null
बस सडकबाट करीब १५० मिटर तल खोल्सामा खसेको थियो ।
घाइतेहरुलाई नजिकैको अस्पतालमा पुर्याइएको छ । उनीहरु सबैको अवस्था गम्भीर छ ।
२७ जना यात्रु बोक्ने क्षमता रहेको बसमा अध्याधिक यात्रु भएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
मकालु खबर
२०७६ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित