अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको भव्य उदघाटन

माघ १३, विराटनगर । प्रदेश नं. १ का सबै स्थानीय तहहरुमा सञ्चालन हुने अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको भव्य उदघाटन गरिएको छ । सोमबार राजधानी विराटनगरमा स्थानीय सरकार तथा करुणा फाउण्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा सो कार्यक्रमको उद्घाटन गरिएको हो ।   

सामाजिक विकास मन्त्रालयको आयोजनामा उक्त थिए ।  मुख्मन्त्री राई लगायत सहभागी सबैले प्रदेश नं एक भित्रका सम्पूर्ण सार्वजनिक भौतिक संरचनाहरुलाई पहुँच योग्य बनाउन प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।   

सो कार्यक्रमले जन्मजात तथा जन्म पश्चात् विकास हुने अपाङ्गता रोकथाम तथा समुदायमा आधारित पुनर्स्थापना मार्फत अपाङ्गता भएका व्यक्ति तथा तिनका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ ।   

प्रथम चरण अन्तर्गत मोरङ्ग, सुनसरी, धनकुटा र पाँचथर जिल्लाका २६ स्थानीय तहसँग कार्यक्रम सञ्चालनका लागि तीन वर्षे सम्झौता सम्पन्न भइसकेको छ । तीन वर्ष पश्चात् प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा अगाडी बढाइने प्रावधान राखिएको छ । आगामी तीन वर्षमा चरणबद्ध रुपमा प्रदेशका सम्पूर्ण स्थानीय तहमा विस्तार गरी गर्भवती महिला, नव दम्पती, दस वर्षमुनिका बालबालिका र प्रदेशमा रहेका करिब एक लाख अपाङ्गता भएका व्यक्ति समक्ष पुग्ने योजना प्रदेश सरकारको रहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।   

 विराटनगरको इस्टर्न स्टार होटलमा सम्पन्न सो समारोहमा मदन पुरस्कार विजेता झमक घिमिरेलाई साहित्यमा पु¥याएको योगदानको कदर गर्दै सबैको लागि प्रेरणा र आत्मविश्वासको स्रोत बन्न सकेकोमा उनको उच्च मूल्याङ्कन गर्दै प्रदेश सरकारद्वारा सम्मान समेत गरिएको थियो । 

कार्यक्रममा चित्रकला, गीत तथा कविता सिर्जना एवम् गायन क्षेत्रमा क्रियाशील रही अपाङ्गता भएका व्यक्तिहरु र समग्र युवाका लागि प्रेरणा र आत्मसम्मानको स्रोत बन्दै जनमानसमा सकारात्मक सोच प्रवाह गर्न सफल मकवानपुर थाहा नगरपालिकाका सक्रिय युवा कलाकार अमिर लामा र ह्वील चियरमा विश्व यात्रा गर्ने ओखलढुङगाका तेज बहादुर कार्कीलाई प्रदेश सरकारले नगद एक लाख दिने प्रतिवद्धता जनाएको छ । साथै करुण फाउण्डेशनले नगद ५१ हजारसहित सम्मान गरेको थियो ।   

समारोहमा कलाकार बम्जनले आफ्नो चित्रकला र गीतको प्रस्तुतीसमेत दिएका थिए ।   

अपाङ्गता भएका बालबालिकाहरुको दैनिक क्रियाकलापमा सहजता ल्याउन विभिन्न जिल्लाका अपाङ्गता भएका १६ बालबालिकाहरुलाई समारोहमा पेडियाट्रिक  ह्विल चियर वितरण गरिएको थियो ।   

जन्मजात अपाङता रोकथामका लागि लक्षित वर्ग नवदम्पती तथा गर्भवती महिलालाई उपहार स्वरुप न्यानो झोला प्रदान गरिएको थियो ।   

राष्ट्रिय अपाङ महासंघ नेपालका कार्यक्रम अधिकृत विमल बस्नेतले नेपालमा सबैका लागि  पहुँचयुक्त भौतिक संरचनाको विस्तृत जानकारी गराएका थिए । 

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले स्वास्थ्य सम्बन्धी कुनैपनि कार्यक्रममा आफ्नो सहभागीता रहेको बताउँदै आवश्यक परेमा फाउण्डेशनको कार्यलयका लागी जग्गाको समेत व्यवस्थाप गर्ने प्रतिवद्धता व्यक्त गरे ।   

समारोहमा २७ वटै स्थानीय तहका जनप्रतिनिधी, प्रमुख प्रशासकिय अधिकृत र प्रदेशमा कार्यरत सबै संघ संस्था, सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक योजना तथा मामिला मन्त्री इन्द्र आङ्बो, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेर, सामाजिक विकास समितिका सभापति सरिता खड्का र प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेल समेतको उपस्थिति रहेको थियो ।   

कार्यक्रम करुणा फाउण्डेशनका अध्यक्ष डा. भगवान कोईरालाको सभापतित्वमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *