इपीएलः काठमाडौँ १० विकेटले पराजित, ललितपुर प्लेअफमा प्रवेश

 

मंसिर २६, काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर प्याट्रीयट्सले जित हात पारको छ । 

काठमाडौँ किंग्स–११ लाई १० विकेटले पराजित गर्दै ललितपुरले तेस्रो जित हात पारेको हो । पहिलो खेलमा विराटनगरसँग पराजित ललितपुरले दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो । 

null

काठमाडौंले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको ललितपुरले १० ओभर ३ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो । 

ललितपुरका लागि भारतीय ब्याट्सम्यान गौरव तोमारले ८० रनको अविजित अर्धशतकीय इनिङ्स गरे । गौरवले ३५ बलमा ९ चौका र ५ छक्का प्रहार गरे । जय किशन कोल्शावाला २७ रनमा अविजित रहे । 

४ खेलबाट ६ अंक जोडेको ललितपुर जितसँगै इपीएलको प्लेअफमा प्रवेश गरेको छ । अब अन्तिम खेलमा ललितपुरले भैरहवासँग प्रतिस्पर्धा गर्नेछ । 

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनाएको थियो । 

काठमाडौंका लागि कप्तान केभिन ओ ब्रोएनले ४२ रन, सिधान्त लोहनीले २१ र संसाद शेखले १० रन बनाए । 

ललितपुरका पवन सर्राफले ३ तथा राशिद खान र योगेन्द्र सिंह कार्कीले समान २–२ विकेट लिए । 

काठमाडौंको भने यो पहिलो हार हो । काठमाडौंले दुई खेलबाट २ अंक जोडेको छ । काठमाडौंले पहिलो खेलमा चितवनलाई हराएको थियो । पराजित भएपनि काठमाडौँको प्लेअफमा पुग्ने सम्भावना कायमै छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *