पूर्वराजा ज्ञानेन्द्र शाह बिरामी भए,नर्भिकमा भर्ना

काठमाडौ, साउन ४ । पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । बुधबार शाहलाई मुटुमा समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

शाहले नियमित स्वस्थ अवस्थाबारे चेकजाँच गर्दै आएका थिए । आज बुधबार स्वास्थ्य चेकजाँचका क्रममा उनको मुटुको धमनीमा केही समस्या देखिएपछि तत्काल अस्पताल भर्ना गरिएको थियो । केही दिनअघि ७१ औँ जन्म उत्सव मनाएका शाहको आज स्वास्थ्य जाँचका क्रममा समस्या देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *