गौतमबुद्ध रंगशालाको सुरक्षा प्रहरीले गर्ने

 

जेठ २४, चितवन । चितवनको रामपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहले शुक्रबार एक विज्ञप्ती जारी गरि रंगशालाका लागि आवश्यक सुरक्षा प्रहरीले गर्ने जानकारी गराएका हुन् । 

null

रंगशाला निर्माणस्थलमै बेस खडा गरेर प्रहरी नायब निरीक्षकको कमाण्डमा एक टोली त्यहाँ खटिने छ । जिल्ला प्रशासन कार्यालयलगायत जिल्ला स्थित सबै सुरक्षा निकायहरु समेतबाट निरन्तरत अनुगमन र सुपरिवेक्षणको व्यवस्था मिलाइएको प्रवक्ता शाहले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *