आजदेखि देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प
चैत २२, काठमाडौं । सरकारी चिकित्सकहरुले आज (शुक्रबार) देखि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द ठप्प पार्ने भएका छन् ।
सरकारले सरकारी चिकित्सकहरुलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि सरकारी चिकित्सक संघ (गोदान) ले दबाब स्वरुप आजबाट सेवा बहिस्कार गर्ने भएको हो ।
null
देशभरका सरकारी चिकित्सकले आजदेखि अनिश्चिकालसम्मका लागि आकस्मिकबोहक सबै सेवा बन्द गरेको जानकारी दिइएको छ । तर हावाहुरीले क्षति पुर्याएका बारा र पर्सा जिल्लामा भने स्वास्थ्य सेवा रोकिने छैन ।
गोदानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गरेको छ । आफ्नो माग पूरा नगरे सबै डाक्टरहरुले सामूहिक राजीनामा दिने चेतावनी पनि दिइएको छ ।
हिजै मात्र सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेकेा थियाे ।
निर्णयअनुसार अस्पताल, एम्बुलेन्स, औषधि उत्पादन, टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सञ्चार क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, पेट्रोलियम पदार्थ, एलपी ग्यास, फोहरमैला व्यवस्थापन विद्युत्, दैनिक खाद्य वस्तु, बैंक बीमालगायतका क्षेत्रमा हडताल गर्न पाइने छैन। यो सूचनाको अवज्ञा गरी हड्ताल गरेमा ६ महिनासम्म कैद गर्न सकिने प्रावधान छ।