मगर जातीको हुर्रा नाच सैनिक भवनमा हुँदै

पुस ९, धरान । पूर्वी नेपालका शहरहरु बिभिन्न जातजाती भाषाभाषीले भरिपूर्ण शहर मध्येहरुमा पर्नै गर्दछन त्यसमा पनि सुन्दर नगरी धरानको त कुरै नगराैँ यहाँ हरेक जातजातीको बसोबास रहेको छ । हरेक जातजाती भएको यो सानो शहरमा चाडपर्व आउने बित्तिकै सबै जातजाती आ आफनै संस्कार संस्कृतिमा न रमाउने कुरै भएन यहि सन्दर्भ पारेर मगर समुदायले धरानमा भोली धरान १० स्थित सैनिक भवनमा आफनो सँस्कार सँस्कृति जर्गेना गर्ने उदेश्यले साँस्कृतिक नृत्य हुर्रा कार्यक्रम २०७५ को आयोजना गर्दैछ ।  

 

मादल, झ्याली र बाँसुरीको धुनमा हात समाउँदै नाचिने यो नाचमा वृद्धवृद्धा भन्दा पनि युवा–युवतीरुलाई यसले ध्यान खिचेको देखिन्छ । नेपाल मगर संघ धरान नगर समितिले धरानमा गराएको हुर्रा नाँचको आयोजना गर्देछ । हुर्रा नृत्य दिउँसो ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । 

null

हुर्रा नाचमा युवा–युवती खुलेरै हात समाउँदै नाच्ने गर्दछ । यस नाँचको सुरुवात धनकुटाको मुढेबासलाई लिइन्छ। मगर समुदायले यस नाचलाई साँस्कृतिकमात्र नभई सद्भावको रुपमा लिने गर्दछ । पहिले–पहिले मगर समुदायमा मात्रै नाचिने हुर्रा अहिले सबै समुदायका युवा–युवतीहरु सहभागी हुने गरेको नेपाल मगर संघ धरान नगर अध्यक्ष चित्र थापा मगर बताउछन् । 

अहिले त झन युवा–युवतीहरुको प्रिय नाँच भइरहेको छ।’–उनी भन्छन्। अन्य नाँच भन्दा हुर्रा नाँच सहज भएकाले पनि युवायुवतीहरु त्यसप्रति आकर्षित बन्ने गरेको छ । कात्तिक महिनाको आँैशीबाट विधिवत रुपमा सुरु भई १५ दिनसम्म लगातार नाचिन्छ । हरेक वर्ष धरान नगर समितिले यसको नाचको बिट धरान लगायतका पूर्वी नेपालका बिभिन्न शहरहरुमा मार्ने गर्दछ । जहाँ धनकुटा नाम्जेको टोलीहरु समेत धरान आई नाच्ने गर्दछन्। सो हुर्रा नाचको सुरुवातमा मादल, झ्याली तथा बासुरीलाई पूजा गर्दै प्रारम्भ गरिने परम्परा हरेको छ । 

१५ दिनको अवधीमा नाचगान गर्दा टुटफुट नहोस तथा नाच्नेहरुलाई पनि कुनै चोटपटक नलागोस् भनेर पूजा गर्नै गरिन्छ । कात्तिके औँशीबाट पूर्णिमा सम्म नाचिने मगर समूदायको लोकप्रिय नाच हो हुर्रा । सो नाच वा कार्यक्रममा रातो गुन्युचोली, घल्याक, मुगाबाट बनाइएको माला ‘हारी’ लगाई युवती तथा महिलाहरु सजिने चलन छ भने कछाड, भोटो, गादो, र फेटाबाट पुरुषहरु सजिएर हात समाई नाचिने गरिएको छ। 

समुहगत रुपमा नाचिने साँस्कृतिक नृत्य अहिले पश्चिममा पनि उत्तिकै प्रचलनमा आउँन थालेको नेपाल मगर संघ सुनसरी जिल्ला अध्यक्ष चित्रथापा मगरको भनाई रहेको छ । मगर संघले निरन्तर ८ वर्षदेखि धरानमा यसरी नै हुर्रा नाचलाई प्राथमिकताका साथ राखेको छ। शहरिया युवा–युवतीले पनि यस नाचको बारेमा बुझुन भनेर पनि कार्यक्रमहरु राखिएको संघको भनाई छ । 

मगर समुदायको बिशेष नाच तथा साँस्कृतिक कार्यक्रमको रुपमा रहेको हुर्रा नाच विशेष गरी पूर्वको धनकुटाको मुढेवास, भेडेटारको नाम्जे, डाँडाबजार, मोरङको केराबारी, सुनसरीको पाँचकन्या, धरान, बराहक्षेत्र, इलामको केही स्थान र झापामा समेत १५ दिन सम्म लगातार मानिने गरिएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *