माघ १७ गतेदेखि माघ २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला–२०७६

माघ १२, काठमाडौं । अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा यही माघ १७ गतेदेखि माघ २० गतेसम्म ललितपुरमा चौथो प्राङ्गारिक कृषि मेला–२०७६ को आयोजना गरिने भएको छ ।   

चार दिनसम्म चल्ने उक्त मेला भने पाटन संग्राहलय, ललितपुरमा गरिने भएको हो । मेलाको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले गर्ने कार्यक्रम रहेको छ ।   

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त मेलाबारे जानकारी गराइएको हो । नेपालका अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अन्तर्राष्ट्रिय अर्गानिक एग्रो फेयरको आवश्यकत्ता महशुस गरि अर्गानिक मेलाको आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएका छन् ।   

मेलाको सह–आयोजकका रुपमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सांग्रिला एग्रो वल्र्ड प्रा.ली. र बाँस्कोटा ग्रुप अफ ईण्डष्ट्रिज प्रा.ली. रहेका छन् ।   

आयोजक संस्थाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हरेक प्राणी एवं मनुष्यका लागि स्वास्थ्य सबैभन्दा पहिलो शर्त रहेछ । अस्वस्थ मानिसबाट परिवार वा समाजले केही अपेक्षा गर्न सक्दैन् । घरको एक सदस्य अवस्थ हुँदा पुरै परिवारलाई त्यसको नकारात्मक असर पर्छ । जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नको लागि उत्पादनदेखि नै ध्यान दिनु आवश्यक भएकोले सबै प्रकारका कृषि उत्पादनहरु जैवीक र वैदिक हुन पर्दछ । जसको सेवनबाट मानिस निरोगी हुन सकोस भन्ने यो मेलाको उद्देश्य रहेको छ ।’ 

आयोजक संस्थाका अनुसार उक्त मेलाको मुख्य उद्देश्यमा नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने उत्पादक र उपभोक्ताहरुलाई एउटै थलोमा ल्याउने रहेको छ । त्यस्तै, उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दै उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने वातावरण बनाउने, स्वस्थ भई बाँच्न पाउने अधिकारको रक्षा र उपभोक्ता हितको संरक्षण र सम्र्बद्धनमा सहयोग पुर्याउने र अर्गानिक विषयसँग सम्बन्धित कार्यपत्र प्रस्तुत तथा अन्तरक्रियामार्फत सरोकारवालाहरुलाई जानकारी उपलब्ध गराउेपनि अन्य मुख्य उद्देश्य रहेको जनाईएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *