कुकुरमाथि क्रुरता

स्पेनिशहरु कुकुरको सवालमा साह्रै क्रुर हुन्छन् । वर्षमा ५० हजारदेखि १ लाख ग्रेहाउण्ड ( ठूलाखालका) कुकुरलाई यातना दिएर मार्छन् । शिकार खेल्न नजाने यी कुकुर यतिखेर त्यहाँ निकै सस्तो मोलमा पाइन्छ । शिकार खेल्ने मौसम सकिएपछि (फ्रेबुअरी)पछि मालिकहरुलाई यी कुकुर बोझ लाग्छ । अनि कसैले जिउँदै नालीमा फ्याँकेर, आगोमा झोसेर, छाला काढेर नमरुञ्जेल डोरीले बाँधी गाडीको पछाडी घिसारेर, घाँटीमा पासो लगाई झुण्ड्याएर मार्न थाल्छन् । कसै–कसैले खुट्टा भाँचेर जंगलमा छाड्न लैजान्छन् । ताकि फेरि घर नफर्कियोस् । गाडी र मोटरसाइकलको गति नाप्न पनि यो कुकुरलाई दौडाउँछन् । स्पेनमा यो कुकुरलाई ‘मजदुर’को रुपमा व्याख्या गरिएकाले कानुनभन्दा बाहिर राखिएको छ ।

                                                                                                                                                        जनआस्थाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *