विद्यालयको अक्षयकोषलाई १ लाख सहयोग

 

बैशाख ३, चितवन । चितवनको राप्ती नगरपालिका ६ मा रहेको भण्डारा माध्यमिक विद्यालयमा स्थापित जन्मोत्सव तथा स्मृति छात्रावृत्ति अक्षकोषमा मंगलवार १ लाख रुपैया सहयोग भएको छ । 

विद्यालयका पूर्व विद्यार्थी बिनोद भेटवालले कोषमा सो रकम सहयोग गरेका हुन् । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पूर्व विद्यार्थी बिनोद भेटवालले आफु र आफ्नी पत्नीको नाममा एक लाखको चेक विद्यालयका प्रधानाध्यापक भोजराज तिवारी र व्यवस्थापन समितिका अध्यक्ष राम वहादुर सारुलाई हस्तान्तरण गरे । क्रमिक रुपमा कोषमा ४ लाख रुपैया सम्म सहयोग गर्ने भेटवालले बताए । 

null

असहाय, अशक्त तथा गरिबीका कारण पठन पठानमा समस्या परेका विद्यार्थीको सहयोगका लागि सो रकम प्रदान गरिएको उनले वताए । अक्षकोषमा हाल सम्म १ लाख १५ हजार रुपैया संकलन भएको विद्यालयका प्रधानाध्यापक भोजराज तिवारीले बताए । स्थानीय धर्म प्रसाद डल्लाकोटीले १० हजारबाट सुरु गरेका थिए । भण्डारा माविमा हाल कक्षा १ देखि ७ सम्म अङ्ग्रेजी माध्यम र कक्षा १२ सम्म सरल भाषा नेपाली माध्यममा पठन पाठन हुदै आएको छ । 

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम वहादुर सारुले पछिल्ला तीन वर्षमा यस विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको छ । रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राप्ती नगरपालिकाका उप प्रमुख ईमानसिंह लामाले भण्डारा माबिलाई उत्कृष्ट बिद्यालय बनाउने गरी विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समितिले आआफ्नो तर्फबाट जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिए 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *