विप्लव सिध्याउने सरकारकाे नयाँ रणनितीः अब युनिफाइड प्रहरी गाउँ छिर्दै

 

साउन १३, काठमाडौँ । विप्लव नेतृत्वमा रहेको माओवादीले देशका विभिन्न ठाउँहरूमा विस्फोट र आक्रमणका घटनाहरू गर्न थालेपछि प्रहरी मुख्यालयले युनिफाइड तालिम गरेकाहरूलाई पठाउने तयारी गरेको थाहा भएको छ । 

१२ वर्षे माओवादी द्वन्द्वका समयमा जनयुद्धलाई नियन्त्रण तथा दमन गर्नका लागि सेनाको सहयोगमा प्रहरीका धेरै कर्मचारीहरूले युनिफाइड तालिम गरेका थिए । देशभित्र र बाहिरसमेत तालिम गरेका ती अधिकृतहरूले पछिल्लो समय आफ्नै संगठनभित्रका कार्यदल र गणहरूमा समेत युनिफाइड तालिमको सञ्चालन गरेका थिए । 

null

नेपाली सेना र सशस्त्र प्रहरीले युद्धका समयमा गर्नुपर्ने कार्य सम्बन्धी तालिम गरेकाहरूको संख्या र नामावली संकलन गर्ने कार्य भइसकेको समेत थाहा भएको छ । हजारौँको संख्यामा युनिफाइड तालिम गरेका प्रहरीहरूलाई विप्लव माओवादीको क्रियाकलाप र गतिविधि बढी भएका प्रभावित जिल्लाहरूमा पठाउने तयारी प्रहरी मुख्यालयले गरेको स्रोत बताउँछ । 

केही साताअघि तालिम गर्नेहरूको संख्या र नामावली संकलन कार्य पूरा भइसकेको छ । यसबीचमा तालिम गरेका धेरै प्रहरीहरू अवकाशसमेत भइसकेका छन् । विप्लव माओवादीको गतिविधिले बढी प्रभाव पारेका जिल्लाहरूमा युनिफाइड तालिम गरेकाहरूलाई खटाउने तयारी मुख्यालयले गरेसँगै धेरै प्रहरीहरूले राजीनामा दिएको समेत थाहा भएको छ । 

पेन्सन पाकिसकेका र जागिरको उत्तराद्र्धमा रहेका धेरै प्रहरीहरूले युनिफाइड तालिम गरेकाहरूको नाम संकलन गरेको थाहा पाएसँगै राजीनामा दिएको कार्यविभाग स्रोत बताउँछ । १२ वर्षे द्वन्द्वकालमा युनिफाइड तालिम गरेका प्रहरीहरूलाई माओवादीहरूको बढी प्रभाव क्षेत्रमात्रै नभएर युद्ध भइरहेका र आक्रमण हुन सक्ने सम्भावित इप्रका, जिप्रकाहरूमा हेलिकप्टरबाट समेत पठाउने गरिन्थ्यो । 

विगतको माओवादीकालको द्वन्द्व र युद्धको कल्पनासमेत गर्न नसक्ने अवस्थामा फेरि विप्लव नेतृत्वको माओवादीले सुरु गरेको हत्या र हिंसाको राजनीतिलाई नियन्त्रण गर्न प्रहरी मुख्यालयले युनिफाइड तालिम गरेकाहरूलाई पठाउने सोच बनाएको हो । वर्तमान सरकारले विप्लव नेतृत्वको माओवादीलाई आतंककारी घोषणा गरी प्रतिबन्ध लगाइसकेको छ । सँगसँगै सरकारले नेकपाका नेता एवं सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा विप्लव माओवादीसँग वार्ता गर्न टोलीसमेत गठन गरेको छ । 

यसबाहेक नेकपाका नेता जनार्दन शर्मालगायतकाहरूले समेत व्यक्तिगत सम्बन्धका आधारमा समेत नेत्रविक्रम चन्द विप्लवसँग वार्ताको समन्वय गरिरहेको कुराहरू सार्वजनिक भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *