अस्पतालबाट निवास फर्किए प्रधानमन्त्री ओली

२०७५ कार्तिक १७ गते

कात्तिक १६, काठमाडौँ । छातीमा सङ्क्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै आज निवास फर्किएका छन् ।
छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओली यही कात्तिक १२ गते बिहान ०४ः३० बजे उक्त अस्पतालमा भर्ना भएका थिए ।
प्रधानमन्त्री ओली पहिलेको जस्तै अवस्थामा आएको र उनले लिएको एण्टिबायोटिक पनि सकिएकाले अस्पतालले निवास फिर्ता पठाउने गर्ने निर्णय गरेको मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले बताए ।
null
प्रधानमन्त्री ओलीको उपचारमा पाँच दिनअघि मुटुरोग विशेषज्ञ डा. सायमीसँगै डा. दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली संलग्न थियो ।

२०७५ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित