प्रेम जोडीलाई जुत्ताको माला लगाएर गाउँ घुमाइयो, एक अर्कालाई पिट्न लगाइयाे

 

जेठ २३, कानपुर । भारतको कानपुरमा एक प्रेम जोडीलाई स्थानीयवासीले जुत्ताको माला लगाएर गाउँ घुमाएका छन् । 

भारतको डेरापुर थाना इलाकामा पञ्चायतको आदेशपछि प्रेमी जोडीलाई स्थानीयवासीले जुत्ताको माला लगाएर गाउँ घुमाएका हुन् । साथै एक अर्कालाई पिट्न समेत लगाए । 

null

महिलाको चरित्र ठिक नभएको स्थानीयको आरोप छ । महिलालाई कयौँ पटक गाउँबाट भगाइसकिएको छ । तर उनी जान तयार छैनन् । डेरापुर प्रहरीले पनि यस मामिलाबारे कुनै कदम चालेको छैन । 

कानपुर देहातको डेरापुरको मवई मुक्ता गाउँमा बस्दै आएकी ४७ वर्षकी सुनिता (नाम परिवर्तन) को श्रीमानको २००६ सालमा सडक दुर्घटनामा मृत्यु भएको थियो । त्यसपश्चात् उनी सोही गाउँमा बस्दै आएका ४८ वर्षका व्यक्तिको सम्पर्कमा आइन् । उसको श्रीमतीको पनि मृत्यु भइसकेको छ । 

उनीहरु दुवै जना विवाह गर्न चाहन्छन् । सुनीताका ससुराले बुहारीमाथि चरित्रहिनताको लगाएर कयौँ पटक गाउँबाट भगाइसकेका छन् । तर सुनीता गाउँ छोडेर जान तयार छैनन् । 

स्थानीयवासीले सुनीता र ती व्यक्तिलाई कयौँ पटक आपत्तिजनक अवस्थामा फेला पारेका थिए । उनीहरु समाजमा रहँदा गलत सन्देश जाने स्थानीयको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *