बिग बासमा सन्दीपकाे धमाका, तेस्रो खेलमा पनि लिए विकेट

 

पुस १२, काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो खेलमा पनि सफलता प्राप्त गरेका छन् । बिग बास लिगको तेस्रो खेलमा आज (बिहिबार) पनि सन्दीपले दोस्रो ओभरमा विकेट लिएका छन् । 

मेलबर्न स्टार्समा रहेका सन्दीपले सिड्नी सिक्सर्सविरुद्ध आफ्नो दोस्रो ओभरमा ब्याट फ्लिप हारेर ब्याटिङ गरिरहेको घरेलु टोलीका मोइसेस हेन्रिक्सलाई सन्दीपले ९ रनमा आउट गराए । सन्दीपले दोस्रो ओभरमा ४ रन खर्चेर १ विकेट लिएका हुन् । 

null

किफायती बलिङ गरिरहेका सन्दीपले बिग बासको दुई खेलमा पाँच विकेट लिईसकेका छन् । सन्दीपले डेब्यु खेलमा २ विकेट लिएका थिए । दोस्रो ३ विकेट लिएका थिए । 

जितको खोजीमा रहेको सन्दीपको मेलबर्नले सिड्नी सिक्सर्ससँग टस जितेर फिल्डिङ गरिरहेको छ। 

यसअघि दुई खेलमा पराजित भईसकेको मेलबर्नको लागि यस खेल महत्वपूर्ण समेत रहेको छ । पहिलो खेलमा मेलबर्न सिड्नी थण्डर र दोस्रो खेलमा होबर्ट हरीकेन्ससंग पराजित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *