कांग्रेस सभापति देउवा सम्मानित

बैशाख २९, धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई धनगढीमा सम्मान गरिएको छ । डोटीको शिखर नगरपालिका, उच्चाकोटस्थित सिताराम माध्यामिक विद्यालयको संस्थापक संस्था महेश रामायण सभाले आफनो हीरक (६० औं स्थापना दिवस) महोत्सवको समापनको अवसरमा सभापति देउवालाई सम्मान गरेको हो । 

सभाले सिताराम माध्यामिक विद्यालयमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने प्रथम समुह रहेको भन्दै सम्मान गरेको थियो । देउवाले विक्रम सम्वत २०१९ सालमा सो विद्यालयमा प्रवेशिका परीक्षा दिएर उत्तिर्ण भएका थिए । 

 

null

देउवासँगै त्रिभुवन विश्वविद्यालयका पूर्व डिन डा. प्रेमराज पन्त र गोविन्द केसीले सो विद्यालयबाट प्रवेशिका परीक्षा उत्तिर्ण गरेका थिए । सभापति देउवालाई विद्यालयका पूर्व प्राचार्य लोकराज पन्तले दोसल्ला ओढाएर तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए भने पन्त र केसीका आफन्तलाई पूर्वप्रधानमन्त्री सभापति देउवाले प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए । 

प्रतिनिधी सभा सदस्य एवं नेकपा स्थायी समिति सदस्य लेखराज भट्ट, पूर्वमन्त्री भक्तबहादुर बलायर, विरबहादुर बलायर, प्रदेश सभा सदस्य पूर्णा जोशी लगायतलाई पूर्व विद्यार्थीका रुपमा सभाले सम्मान गरेको थियो । यस्तै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य विजय कुँवर पनि सम्मानित भएका थिए । 

यस्तै, सभाले विद्यालयका पूर्व प्राचार्य, संस्थापक सदस्य, चन्दादाता, समाजसेवीलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो । सभाले डा. मेघनाथ पन्तलाई विद्यालयमा चार लाख ५० हजारको प्रथम छात्रवृति अक्षय कोष स्थापना गरेकोमा सम्मान गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *