निर्मला हत्या प्रकरणमा कांग्रेस नै दोषी भएपनि छोड्न हुँदैनः सभापति देउवा

 

पुस १६, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कांग्रेस समावेशी र पारदर्शी पार्टी भएको स्पष्ट पारेको छ । 

महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको अन्तरक्रियाकै क्रममा सोमबार पत्रकार एवम् बुद्धिजीवीसँगको भेटघाटमा शेरबहादुर देउवाले कांग्रेस समावेशी र पारदर्शी पार्टी भएको बताएका हुन् । 

null

उनले कांग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट पारे । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने उनको भनाइ छ । सभापति देउवाले पार्टीले दलित, जनजाति, मधेशी, महिला, अल्पसङ्ख्यक र सबै धर्म र विचारको संरक्षण गर्न चाहेको बताए । 

निर्मला पन्त हत्या प्रकरणबारे उनले कांग्रेस वा कम्युनिष्ट वा प्रहरी जो दोषी भएपनि छाड्न नहुने धारणा राखे । सभापति देउवाले पत्रकारलाई पनि हत्यारा खाेजी गर्न आग्रह गरे । 

सो अवसरमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय’ नै सच्चा समाजवाद हो र समाजवाद मिसिएको लोकतन्त्र नै सच्चा समाजवाद हो भन्दै पार्टीले कम्युनिष्टहरुसँग समाजवादबारे बहस गर्न चाहेको स्पष्ट गरे । पार्टीले राजनीतिलाई सिद्धान्तमा उभिने र सम्मानित बनाउन चाहेको पनि उनले बताए । 

महामन्त्री डा. शशाङ्क कोइरालाले कम्युनिष्टहरुले आफूँसँग जति छ त्यसलाई बराबरी वितरण गर्न चाहेको तर काँग्रेसले उत्पादन वृद्धि गरी बराबरी बाँड्न चाहेको भन्दै दुई दलको समाजवादको परिभाषा यसरी नै फरक भएको विचार व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *