प्रधानमन्त्री देउवा झर्किए–‘तपाईहरु ढुक्क हुनुहुन्न?’

काठमाडौं, साउन ४ । मधेसवादी दलहरुको माग पूरा नभएसम्म यहाँ केहीँ हुनेवाला छैन । सरकारले उसको थुप्रै मागहरु पूरा गर्नु बाँकी छ । आजपनि सत्तारुढ दल काग्रेस–माओवादीसँग मधेसवादी दल राष्ट्रिय जनता पार्टीले अब चाहीँ होला कि  भन्ने आश्वासन पाएर फर्किएको छ । आन्दोलनका क्रममा राजपा नेपालका कार्यकर्तामाथि लगाइएका मुद्दा झूठा सावित गरेर फिर्ता लिने विषयमाथि रहेर बालुवाटारमा घनिभूत छलफल चलेको हो ।

मधेस आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएको झूठा मुद्धा खारेज गर्न मधेसवादी दलहरु बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निवास बालुवाटारभित्र प्रवेशसँगै उनीहरु ओठे जवाफ सोधे । कहिले हाम्रो माग पूरा गर्ने ?  तीन दिन भित्र हुन सक्छ भन्दै सत्तारुढ दलले प्रश्नको जवाफ फर्काएको स्रोतले जानकारी गरायो ।

यससँगै बैंठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सो आन्दोलनको मुद्दा फिर्ता र सहिद घोषणा गर्न बाँकीलाई सहिद घोषणा गर्ने भन्दै नआत्तिन सुझाव दिएका थिए । अलि झर्किदै  देउवाले  भने,‘हामीले सक्दो प्रयास गरिनै रहेका छौँ । तपाईहरु ढुक्क हुनुस् । सबै काम फत्ते भइछाड्छ ।’ प्रधानमन्त्री देउवासँगै हो हो हो मिलाएर अध्यक्ष प्रचण्डले पनि सहमति जनाए ।

त्यस्तै, कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि तीन दिनभित्र यस विषयमा हेरफेर गर्न सकिने बचन दिएका थिए । ‘ मुद्धा मामिल फिर्ताका कामहरु तीन दिनभित्र हुन सक्छ ।’ भन्दै उनले भने,‘ यतिमात्र होइन अरु विषयमा पनि छलफ गर्नेनौ छौँ । सकेसम्म यो पनि तीन दिनभित्रै भइछाड्छ ।’

प्रधानमन्त्री देउवाले मधेसी नेताहरुलाई दिनरात संविधान संशोधनका विषयमा आफूहरु लागि परेको बताए । देउवाले अघि भने ‘ तपाईहरुले भनेबमोजिम नै संविधान संशोधन नभएसम्म निर्वाचनमा जाँदैनौँ । ढुक्क रहनुस न ।’ त्यसपछि मधेसी नेताहरुले हुन्छ भन्दै टाएको हल्लाए । स्रोतले भन्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *