कुखुराको फर्म आगलागी: अपडेट
फागुन ३०, धरान । धरानमा आगलागी हुँदा १० लाख बराबरको क्षती भएको छ । बिहिबार दिउसो १२ः१० मा धरान–१५ स्थित मदन आश्रीत मार्गका बम बहादुर खड्काको कुखुराको फर्ममा आगलागीले हुँदा काठले बारेको र टिनले छाएको कुखुरा फर्म जलेर नष्ट भएको छ ।
यस्तै, १४ वटा बोइलर कुखुरा, एउटा कुकुर, कुखुुराको चारो, पराल, हजार लिटरको प्लाष्टिकको ड्रम २ थान र ५ सय लिटरको ड्रम २ थान जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको हो । यस्तै, खड्काको फर्मसगै दुई तल्लाको पक्की घरको ढोका जलेको छ भने कुखुराको खोर पुर्णरुपमा जल्दा सो रकम बराबरको क्षती भएको पिडित खडकाले जनाएका छन ।
null
आगलागीमा परि सँगै रहेको शिब श्रेष्ठ तथा प्रमीला शाक्यको घरमा सामान्य क्षती पुगेको छ । त्यस्तै छिमेकी पदम माया श्रेष्ठको घरको र्यालको सिसा पनि फुटेको छ ।आगलागीको समयमा घरधनी खड्का श्रीमती सहित इटहरी गएका कारण आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन ।
उता एक अर्का प्रत्यक्षदर्शी कृष्ण विष्टका अनुसार फर्मको उत्तर पटिको भागबाट आगो लाग्न शुरु भएको करिब २० मिनेटमा पूरै खरानी भएको उनले सुनाए । आगलागी स्थानीईबासी, धरान उपमहानगरपालिकाको ४ वटा दमकल र इटहरीबाट एउटा दमकलक तथा सुरक्षाकर्मीको सहयोगमा करिब २ घण्टापछि नियन्त्रणमा आएको प्रत्येक्षदर्शी कृष्ण विष्टले जानकारी दिए ।