फुटबल टोलीका मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने

 

फागुन ८, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार नेपाल आउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले गत माघ ३ गते राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि कालिन राष्ट्रिय टोली सम्हाल्न नेपाल आउन लागेका हुन् । 

एन्फाका अनुसार योहान बिहीबार दिउँसो नेपाल आइपुग्नेछन् । उनलाई दुई वर्षका लागि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अघिल्लो महीना दिएको थियो । सम्झौताअनुसार उनले २०१९ मार्च १ बाट २०२१ फेब्रुअरी २८ सम्म नेपाली टोलीको नेतृत्व गर्नेछन् । 

null

यस अघिका जापानी प्रशिक्षक ग्यातुको कोजी प्रवेशाज्ञाका कारण नेपाल आउन नपाउने भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्तीको प्रक्रिया अघि बढाएको थियो । पर्यटकीय भिसामा नेपालमा काम गरेका कोजीको श्रम स्वीकृति प्रक्रिया एन्फाले अघि नबढाउँदा उनले पर्यटकीय प्रवेशाज्ञामा नेपालमा काम गर्दै आएका थिए । गत भदौदेखि उनी नेपाल आउन पाएका थिएनन् । उनको सम्झौता भने गएको डिसेम्बरसम्मका लागि थियो । 

योहानले २०७० सालमा ‘ए’ डिभिजन क्लब मछिन्द्रको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए । योहानको नेतृत्वमा मछिन्द्रले उक्त वर्षको ‘ए’ डिभिजन लिग दोस्रो स्थानमा रहेर समाप्त गरेको थियो । योहानले स्विडेनको तेस्रो डिभिजन क्लबबाट व्यावसायिक प्रशिक्षण शुरु गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *