वडाध्यक्षलाई स्थानियले दिए राहत सामाग्री !

चैत्र २०, विराटनगर । स्थानीयले वडाध्यक्षको घरमा नै राहत सामाग्री पुर्याइदिएका छन् । मोरङको कटहरी गाउँपालिका– २ का स्थानीय बासिन्दाले बुधबार बिहान वडाध्यक्षको घरमा  राहत पुर्याइदिएका हुन् । 

लकडाउनको कारण समस्यामा परेको बेला पनि वास्ता नगरेको भन्दै आक्रोशित स्थानीयले व्यंग्यस्वरुप आज वडाअध्यक्ष किशोर पाण्डेको घरमै स्थानीय चामल, तरकारी, नुन, तेलसहितको राहत सामाग्री पुर्याइदिएका हुन् । वडाध्यक्षलाई राहतको आवश्यकता परेकोले खाद्य सामाग्री लगिदिएका भने होइनन् ।  

यसअघि पनि स्थानियले कटहरी–१ का वडाध्यक्ष कपुललाल माझीको घरमा बिहीबार राहत सामाग्री लगिदिएका थिए । उनीहरुले संकटको बेलामा नागरिकको समस्याप्रति चासो नराखेको भन्दै वडाध्यक्षलाई नै राहत उपलब्ध गराएको स्थानिय युवा अगुवा कलिम खानले बताए । 

‘लकडाउनका कारण समस्यामा परेका परिवारको लगत संकलन गरी राहत उपलब्ध गराउन सरकारले स्थानीय तहलाई भनेको छ । तर, वडाध्यक्ष पाण्डेले वास्ता नगरेकोले उनलाई नै समस्या परेको होला भनेर राहत लगिदिएका हौँ’, एक स्थानीयले भने ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *