‘ए ! माग पूरा नभएसम्म यस्तै हो’
“
नेपालगन्ज साउन ४ । सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ ,भेरी नेपालगन्जका चिकित्सकहरु आन्दोलित भएका छन् ।
गत असार २८ गते भेरी अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डन तथा नेपाल चिकित्सक संघ भेरी अञ्चल नेपालगन्जका निर्वतमान अध्यक्ष डा. श्याम सुन्दर यादव माथि साँङ्गघातिक आक्रमणको प्रयास भएको र उनी कार्यारत माँ जानकी अस्पतालमा भएको तोडफोडमा संलग्नहरुलाई कारबाहिको माग गर्दै आफूहरु आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ भेरीका सचिव डा.आरके झाले बताए ।
विरामीको उपचारमा तत्लीन चिकित्सकहरुलाई दिनदहाडै एक समुह आइ आक्रमण गर्ने तोडफोड गर्ने कार्य गर्दा आफूहरुको सुरक्षा नभएको भन्दै स्थानिय प्रशासनसंग उक्त माग राखी आन्दोलनमा उत्रिएको झाको भनाइ छ ।
आन्दोलित चिकित्सकहरुले आज देखि आफू कार्यरत अस्पतालहरुमा आकस्मीक बाहेक अन्य ओपिडि सेवा ठप्प पारि आन्दोलित भएका छन् । चिकित्सकहरु आन्दोलत हुँदा भेरी अञ्चल अस्पताल सहित सरकारी अस्पताल , मेडिकल कलेज ,निजि अस्पताल ,नसिङ्ग होम र निजि क्लीकमा आकस्मीक बाहेकका सबै सेवा ठप्प छन् ।
जसका कारण टाढाटाढाबाट आउने विरामी मारमा परेका छन् । २८ गते भएको घटनाका बारेमा घटनामा संलग्न संदिप सिह,कुष्माखर बस्याल,महेश खतिवडा,याखव बस्याल,कमल शाही लगायतलाई कारबाहिको माग, स्थानिय प्रशासनलाई ध्यानाकर्षण गराउँदा समेत आफूहरुको माग पुरा नभएपछि आफूहरुले असुरक्षित महसुस गरी सेवा ठप्प पारेको झाको भनाइ छ।
आफूहरुको माग पुरा नहुन्जेल आन्दोलन जारी राख्ने संघले जनाएको छ ।
“