बल बहादुरले जिउँदैमा आफ्ना लागि किन खने ४ तले चिहान ?

फागुन २४, काठमाडौं । पथरी शनिश्चरे–८ का ८३ वर्षीया बल बहादुर चेम्जोङ लिम्बुले जिउँदैमा आफ्नो लागि चिहान बनाउन लगाएका छन् । ६५ हजार बढी खर्च गरेर उनले ४ तले चिहान बनाउन लगाएका हुन् ।  

केही बर्ष पहिले नै श्रीमती गुमाईसकेका लिम्बु मंगोलवंशीले देहावसानपछि बस्न ४ तले ठाढो चिहान हुनुपर्ने भनेकोले आफ्नो आफ्नो पौरखले बनाएको चिहानमा मरेपछि आनन्द हुने विश्वास गर्दै चिहान बनाएको उनले बताए । 

भेडेटारको पाथीभरा मन्दिरको मुख्य पुजारीको रुपमा बस्दै आएका उनी चिहान बनाएसँगै अब ढुक्कले मर्न सक्ने बताउँछन् ।  

नातेदारको जमिन मागेर, अनुमती लिएर चिहान बनाएको बताउने उनले  आफ्नो चिहानमाथि त्रिशुल समेत राखेका छन् । चिहानमाथि त्रिशुल राखेमा यसले मृत्युपश्चात् पनि मुक्ति प्राप्त हुने उनको विश्वास छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *