नवलपरासीमा ४९ करोड फ्रिज

नवलपरासी, ४ साउन । आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त सरकारी बजेटमध्ये रु ४९ करोड ४५ लाख ९५ हजार फ्रिज भएको छ ।

जिल्लाका ५८ वटा सरकारी कार्यालयबाट सो रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारीले जानकारी दिए । चालुतर्फ रु २९ करोड ८९ लाख २६ हजार तथा पुँजीगततर्फ रु १९ करोड ५६ लाख ६९ हजार फ्रिज भएको छ ।

असार महिनामा मात्र चालुतर्फ निकासा भएको रु ८५ करोड ९७ लाख ५३ हजारको १३।६२ प्रतिशत र पुँजीगत रु ३७ करोड १० लाख ३७ हजारको ३४।१६ प्रतिशत रकम खर्च भएको भण्डारीले बताए । पचास प्रतिशतभन्दा कम रकम खर्च गर्ने गण्डक सिँचाइ डिभिजन र जिल्ला प्राविधिक कार्यालय रहेका छन् ।

जिल्लामा आठ ठूला सडक विस्तार आयोजनाअन्तर्गत रु २२ करोड २८ लाख ६० हजार विनियोजन गरिएकामा रु १६ करोड ६ लाख २३ हजार खर्च भएको छ । जिल्लाको विभिन्न कार्यालयबाट रु एक अर्ब १४ करोड पाँच लाख १६ हजार राजश्व संकलन भएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *