रवी र कँडेल धरौटीमा रिहा भएः अस्मिता भने तारेखमा रिहा
भाद्र ९, चितवन । नुवाकोटको पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका प्रतिवादी संचारकर्मी रवि लामिछाने र युवराज कँडेल धरौटीमा रिहा भएका छन् ।
सोही प्रकरणमा पक्राउ परेका अर्का प्रतिवादी रुकु भन्ने अस्मिता कार्की भने साधरण तारेखमा रिहा भएकी छिन् ।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासद्वारा प्रतिवादी तीनै जनालाई उक्त आदेस जारी गरिएको हो ।
न्यायधीश हेमन्त रावलको इजलासले लामीछानेलाई पाँच लाख धरौटी र कँडेललाई तीन लाख धरौतीमा रिहा गरिएकाे हाे ।
आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले रेकर्ड गराएको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको थियो ।
आईतबार देखी सुरु भएको बयान सोमबार दिउँसो सकिए लगतै तीनै जनाको चितवन जिल्ला अदालतमा मुद्दा पुर्पक्षका लागि चलिरहेको थुनछेक बहस चलेको थियो । बहस सकिएपछी न्यायधीश रावलको इजलासले यस्तो आदेश दिएको हो ।