यी हुन् उखु खानुको फाइदा
मकालु खबर
२०७६ वैशाख १७ गते
काठमाडौं, १७ वैशाख । उखुमा क्यालोरी बढी नै हुन्छ । त्यस्तै, कार्बोहाइड्रेट र ग्लुकोज पनि पाइन्छ । यसर्थ, उखुले ऊर्जा दिने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजको मात्रा कायम राख्नेजस्ता काम गर्छ । तर, फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु पनि हानिकारक हुन्छ भन्ने बुझ्न जरुरी छ ।
स्वस्थ व्यक्तिका लागि सामान्यतया दिनमा २५ सयदेखि तीन हजार क्यालोरी आवश्यक हुन्छ । जो ब्रेकफास्टदेखि बेलुकाको खानासम्मका लागि हो । हो, उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ । तर, उखु बढी खाएमा मोटोपना बढ्न सक्छ । यसप्रति सचेत हुनुपर्छ । मधुमेहका बिरामीले सकभर उखु खानुहुन्न । खाए पनि मात्रा कम गर्न उचित हुन्छ । उखुमा प्रशस्त मात्रामा पाइने सुगरले यस्ता बिरामीलाई असर गर्छ ।
मकालु खबर
२०७६ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित