प्रदेश योजना आयोगलाई काम गर्ने बाटो खुल्यो, नवनियुक्त उपाध्यक्ष र सदस्यको सपथ

 

मंसिर २०, विराटनगर । एक नम्बर प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रममा उनीहरुले सपथ ग्रहण गरेका हुन् । 

मुख्यमन्त्री शेरधन राईले आयोगका उपाध्यक्षमा सुबोध प्याकुरेल र सदस्यहरुमा पुर्ण लक्सम र मिना भण्डारीलाई सपथ दिलाएका थिए । सपथ कार्यक्रममा मुख्यमन्त्री राईले मुलुकको इतिहासका पुस्तक बढेर समृद्धि हासिल हुन नसक्ने बताए । 

null

उनले व्यवस्थित योजना बनाएर मात्र समृद्धि सम्भव रहेको दाबी गरे । उनले आयोग गठन अगावै प्रदेश सरकारले योजना तर्जुमाको काम अगाडी बढाइसकेको समेत जानकारी दिए । उनले संघियताको मर्मलाई नबुझिकन ऐतिहासिक जिम्मेवारी बहन गर्न नसकिने धारणा राखे । मुख्यमन्त्री राइले योजना आयोगका पदाधिकारीले त्यो भावनालाई बुझ्ने विश्वास व्यक्त गरे । 

प्रदेश योजना आयोगका नवनियुक्त उपध्यक्ष सुबोध प्यकुरेलले सरकारको लक्षित योजना अनुसार प्रदेश १ लाई आत्मनिर्भर बनाउन त्यसतर्फ आफुहरु अग्रसर हुने बताए । उनले सरकारले बजेट पठाउने, कर्मचारीले ठेक्का लगाउने र ठेकेदारले विकास गर्ने परिपटी बदल्नु पर्ने बताए । उनले अबको युग विकास र प्रतिस्पर्धाको युग भएकोले त्यसैअनुसार अघि बढने प्रतिबद्धता व्यक्त गरे । 

सप्तरी जिल्लामा जन्मेर विराटनगरमा हुर्केका प्याकुरेल इन्सेकका पुर्वकेन्द्रीय अध्यक्ष हुन् । गत कात्तिक १४ गते बसेको प्रदेश मन्त्री परिषद्ले आयोगको उपाध्यक्षमा प्याकुरेल र सदस्यहरुमा पुर्ण लक्सम र मिना भण्डारीलाई नियुक्त गरेको थियो । 

पाँच सदस्य मध्ये अन्य २ जना सदस्य भने सरकारले नियुक्त गरेको छैन । आयोगका उपाध्यक्षले राज्य मन्त्री सरहको सेवा सुविधा पाउने छन् भने अन्य सदस्यहरुले सहायकमन्त्री सरहको सेवा सुविधा पाउने छन् । सपथ कार्यक्रममा सरकारका मन्त्री, प्रमुख सचिव लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *