हङकङमा हतियारधारी समूहले लुटे ट्वाइलेट पेपर
मकालु खबर
२०७६ फागुन ५ गते
फागुन ५, एजेन्सी । हङ्कङमा एउटा हतियारधारी समूहले १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेर लगेको छ।
कोरोना भाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा थुपारेको हुनाले त्यहाँ अहिले त्यसको चरम अभाव छ।
मोङ्कक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेका हुन्।
प्रहरीले दुई जनालाई समातेर लुटिएका केही ट्वाइलेट पेपर जफत गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
उक्त घटना सोमबार विहानको हो ।
लुटेराहरूले वेलकम सुपरमार्केटबाहिर गाडीबाट ट्वाइलेट पेपर निकाल्दै गरेका कर्मचारीलाई चक्कु देखाएर तर्साएका थिए।
एउटा सञ्चारमाध्यमका अनुसार ६०० रोल ट्वाइलेट पेपर लुटिएको थियो।
मकालु खबर
२०७६ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित