तेजाब आक्रमणकी पीडित मुस्कानलाई भेटेर राजु लामाले भने– फेरि मुस्कुराएको देख्न पाऊँ

असोज ८, काठमाडौं । गायक राजु लामाले एसिड आक्रमणबाट पीडित वीरगञ्जकी १४ वर्षीय मुस्कान खातुनलाई भेटेका छन् । ‘द भ्वाइस अफ नेपाल’ का कोच समेत रहेका राजु लामाले किर्तिपुर अस्पताल पुगेर मुस्कानलाई भेटेका हुन् ।   

प्रेम प्रस्ताव अस्वीकार गर्दा एक युवकले उनलाई एसिड हानेका थिए । उनले मुस्कानलाई सान्त्वना दिँदै आफ्ना गीत ‘तिमीलाई देखेर हिमाल हाँसेको’ गाएर सुनाएका थिए ।   

राजुु लामाले आफ्नो फेसबुकमा मुस्कानसँग भएको कुराकानी बारेको भिडियो समेत पोष्ट गरेका छन् । भिडियोमा उनले मुस्कानलाई फेरि पनि मुस्कुराएको देख्न पाऊँ भन्दै स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *