रुन्चे गायक प्रकाशको ‘आची खाउ’ बजारमा (भिडियोसहित)

मंसिर २३, काठमाडौँ । रुन्चे गायकको रुपमा चिनिने गायक प्रकाश पौडेलको ‘आलु चिउरा खाउ’ भन्ने बोलको नयाँ गीत सार्वजनिक भएको छ । 

 

बुढासुब्बा म्युजिकले गत शुक्रबार युट्युब च्यानल मार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । 

null

दिपराज न्योङ्हाङको सङ्गीत, गोपाल दाहालको शव्द रहेको सो गितमा स्वर प्रकाश पौडेल र मुना पाख्रिनको रहेको छ । उक्त गितको छायाँङ्कन भने नेपाल र युएईमा गरिएको छ। 

पौडेल आफैले निर्देशन गरेकाे सो गितको भिडियोमा गायक पाैडेललाइ सुर्वण पाख्रिन, नविन विशाल, राजीव दाहाल, एस्टर तामाङ, विराट अनुपमले उनलाई साथ दिएका छन् । 

मोटोपन र पेट लाग्दा हुने तनाव र त्यसलाई कसरी घटाउने भन्ने विषयलाई गीतमा व्यङ्ग्य मार्फत उतारिएको पौडेलले बताएका छन् । पौडेलका यो भन्दा अगाडीका गितहरुमा नाइ मलाई त्यहि केटी चाहिन्छ, डाक्टर साब भिटामिन लेख्दिनुस् न, तितेपाती तितेपाती झ्याप झ्याप बोलको गित रहेका थिए । त्यसमध्ये नाइ मलाई त्यही केटी चाहिन्छ भन्ने गितले निकै चर्चा बटुलेको थियो । पौडेल हाल सेन्चुरी बैंक अन्तर्गत क्षेत्रीय प्रमुखका रुपमा युएईमा कार्यरत छन् । 

भिडियोसहित हेनुहाेस् 

https://youtu.be/Za0HwRRYgPo 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *