भूकम्पले क्षतिग्रस्त छ जिल्लामा आइसीटी सूचारु हुदैँ

काठमाडौं, साउन ४ । २०७२ बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका ६ जिल्लामा आइसीटी सेन्टर स्थापना गर्न लागिएको छ । नेपाल टेलिकमको सहयोगमा उक्त सेवा सूचारु गर्न लागिएको हो । आइसीटी स्थापनासँगै विद्यार्थी तथा शिक्षकले इन्टरनेट मार्फत आवश्यकीय सेवा सुविधा उपभोग गर्न पाउँने भएका छन् ।

०७२ बैशाख १२ गते गएको महाविनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लाहरुमा आइसीटी सेन्टर स्थापना गर्ने निर्णय गरिएको थियो । जसमा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समेत रहेका थिए । यससँगै टेलिकमले तत्कालै अब ६ जिल्लामा आईसीटी सेवा सूचारु गर्न लागेको हो ।

कम्पनीले ओखलढुङगाको सगरमाथा मा.वि, भोजपुरमा रहेको शारदा मा.वि.प्याउली,रत्नचुण्डेश्वर मावि पानीमुण्डे बनेपा, नुवाकोटको कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर र रामेछापामा रहेको सेतिदेवी मावि सालुमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो ।यता, सोलुखुम्बुको जीवन ज्योति मावि नेले पनि केही समयभित्रै आवश्यक उपकरण जडान गरिने कम्पनीले जानकारी गराएको छ ।

नेपाल टेलिकमले यी सबै विद्यालयहरुमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका आवश्यकीय उपकरण उपलब्ध गराउँने भएको छ । जसका लागि मासिक रुपमा ३० जीजी डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ । आ.व.२०७२÷७३ मा सिन्धुपलाञ्चोकसहित अन्य जिल्लामा आईसीटी सेन्टर स्थापना गरि सेवा सूचारु गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *