सुटकेसभित्र रसियाकी इन्स्टाग्राम ‘फेम’काे शव फेला
साउन १५, रसिया । रसियाकी इन्स्टाग्राम ‘फेम’ आफ्नो भाडाको अपार्टमेन्टभित्र चक्कुको घाउसहित सुटभित्र मृत अवस्थामा फेला परेकी छिन् ।
२४ वर्षे एक्याटरिना काराग्लानोभाको परिवारले आफूलाई छोरीले थुपै दिनदेखि फोन नगरेको भन्दै छोरीको अवस्थाबारे जानकारी जुटाउने क्रममा उनको शव शुक्रबार भेटिएको हो ।
null
इन्स्टाग्राममा ८५ हजार बढी फलोअर भएका एक्याटरिनाले डाक्टरको रुपमा भर्खरै ग्राजुएट पनि गरेकी थिइन् । पुलिसले आफूले सक्दो अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
एक्याटरिनाले भर्खरै नयाँ सम्बन्धको सुरुवात गरेकी थिइन् र ३० जुलाईमा पर्ने आफ्नो जन्मदिन नेदरल्याण्डमा मनाउने योजनामा भएको रसियाली दैनिक मोस्कोभ्स्की कोम्सोमोलेट्स (एमके) ले बताएको छ ।
छोरीलाई थुप्रै दिनसम्म सम्पर्क हुन नसकेपछि उनीहरुले घरबेटीसँग कुरा गरेर उनको अपार्टमेन्टसम्मको पहुँचका लागि आग्रह गरे । अपार्टमेन्टको हलमा उनीहरुले सुटकेसभित्र छोरीको शव भेटे । उनको बुवाले एम्बुलेन्स बोलाएपनि घाँटी काटिएकोले उनको मृत्यु भइसकेको थियो ।
घटनास्थलमा संघर्षका केही प्रमाण नभेटिएपनि अपार्टमेन्टमा हतियार भने नभेटिएको एमकेले बताएको छ ।
पुलिसका अनुसार सिसिटीभी फुटेज अनुसन्धान गर्दा एक्याटरिनाका पूर्व प्रेमी केही दिनअघि देखि लगातार उनको अपार्टमेन्टमा आएको देखिन्छ । एजेन्सी