ओस्कार २०१९ : ग्रीन बुक–सर्वोत्कृष्ट चलचित्र, बेस्ट एक्टरको अवार्ड रामी मालेकलाई

 

फागुन १३, काठमाडौँ । चलचित्र ‘ग्रीन बुक’ ले ९१ औँ ओस्कार अवार्ड आफ्नो पोल्टामा पारेको छ । 

अमेरिकाको लस एन्जेलमा आइतबार राति आयोजित ओस्कार अवार्ड समारोहमा युनिभर्सल पिक्चर्सद्वारा निर्मित चलचित्र ‘ग्रीन बुक’ यस वर्षको सर्वोत्कृष्ट चलचित्र घोषित भएको हो । 

null

यस चलचित्रले सर्वोत्कृष्ट चलचित्रसहित तीन वटा ओस्कार अवार्ड हात पार्यो । यस्तै द फेभरेटबाट सर्वोत्कृष्ट अभिनेत्री ओलिभिया कोलम्यान घोषित भइन् भने वाहिमियन राप्सोडीबाट रामी मलिक सर्वोत्कृष्ट अभिनेता घोषित भए । 

ओस्कार अवार्डमा चलचित्र रोमाबाट अलफोन्सो कुरोन सर्वोत्कृष्ट निर्देशक घोषित भए । यस्तै ग्रीन बुकबाट माहर्शला अली सर्वोत्कृष्ट सह–अभिनेता, इफ विल स्ट्रिट कुड टकबाट रिजाइना किङ्ग सर्वोत्कृष्ट सह–अभिनेत्री घोषित भइन् भने निक भेलालोन्गा, ब्राइन कारी र पिटर फरिली चलचित्र ग्रीन बुकबाट सर्वोत्कृष्ट ओरिजिनल स्क्रिनप्ले घोषित भए । 

यस्तै सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रमा रोमा चुनिएको छ भने सर्वोत्कृष्ट ओरिजिनल सङ्ग अन्तर्गत स्यालो (अ स्टार इ बर्न)–लेडी गागा, मार्क रोन्सन, एन्थोनी रोसोमान्डो र एन्ड्रयु वायट घोषित भएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *