कोरोना सर्ने डरले जेलभित्र भागदौड, २३ कैदीको मृत्यु

चैत १०, काठमाडौं । कोरोना संक्रमण सर्ने डरले जेलभित्र भागदौड हुँदा २३ जना कैदीको मृत्यु भएको छ । कोलम्बियाको बोगोटास्थित एक जेलमा सो भागदौड मच्चिएको हो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमण हुने तनावले भागाभाग गर्ने क्रममा भएको झडपमा ८३ कैदी घाइते भएका छन् । कोरोना भाइरसको संक्रमण फैलिएका बेला पनि जेलमा क्षमता भन्दा बढी कैदी रहेको तथा स्वास्थ्य सेवा अति नाजुक रहेको भन्दै कैदीबन्दीले आइतबार देशभरका जेलमा प्रदर्शन गरेका थिए ।   

सोही क्रममा झडप भएको जनाइएको छ । कोरोना सन्त्रासको मौका छोपेर कैदी भाग्न खोजेको आशंकमा छानबिन भइरहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *