एनआईसी एशिया र एपोलो हस्पिटलबीच सम्झौता, उपचार गराउँदा १५ % सम्मको छुट

काठमाडौं, ३ असार । एन आई सी एशिया बैंक लिमिटेड र एपोलो हस्पिटल, नयाँदिल्ली बीच बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ % सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र एपोलो हस्पिटलको तर्फबाट हस्पिटलका उप महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका हुन् । हाल बैंकको २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४५ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गरिरहेको छ । 

null

करिब १६ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *