‘हरेक वडामा अस्पताल बनाउँछु’
असीम तिमल्सिना । नेपाली काङ्ग्रेसले देशकै उदाउँदो दाङको घोराही उपमहानगरमा मेयरपदको लागी २०३६ सालदेखि राजनीतिमा सक्रिय ५९ वर्षीय भूप बहादुर डाँगीलाई रोजेको छ । डाँगी यसअघि पनि क्षेत्रिय सभापति रहिसक्नु भएका व्यक्ति हुनुहुन्छ । उहाँ विकास निर्माणका काममा अग्र भूमिका खेलेर जनता माझ राम्रो छवि बनाउनुभएको छ ।
प्रजातन्त्र र समाजवादलाई आदर्श मान्ने डाँगी जनताको स्वास्थ्य अधिकारका निम्ति हरेक वडामा ५ शैंयाको अस्पताल बनाउने बताउनुहुन्छ । ‘हामीले यस क्षेत्रको नेत्तृत्व पाएको अवस्थामा हरेक वडामा ५ शैंयाको अस्पताल बनाउनेछौं र जनतालाई आवश्यक स्वास्थ्य सुविधा उहाँहरुकै आँगनमा पु¥याइ जनताको सेवा गछौं’ उहाँले बताउनुभयो ।
हाल घोराही उपमहानगरको प्रमुख समस्याको रूपमा रहेको सिंचाई तथा भौतिक पूर्वाधार विकास निर्माणका सवालमा द्रुतगतिमा अघि बढ्ने तथा जनतालाई सुशासनको प्रत्याभुति दिलाउने योजना उहाँको रहेको छ । उहाँ भन्नुहुन्छ, ‘भ्रष्टाचार मुक्त तथा लोभी पापी अनि कलम घुमाएर दिन बिताउने कर्मचारीलाई नियन्त्रण गर्छु । साथै विकास निर्माणका कुरामा प्रतिपक्षसँगपनि सहकार्यमा काम गर्छु ।’
ग्रामीण सडक अत्याधिक मात्रामा रहेको तथा केही ठाँउहरुमा बिजुली नपुगेको अवस्थामा आगामी दिनहरूमा यी कामहरू पनि गर्दै जाने उहाँको प्रतिबद्धता रहेको छ ।
कर्मचारीतन्त्रले सास्ति दिएको जनतालाई आफूले जनप्रतिनिधि बनेर सुविधा दिने भनेर उम्मेदवारी दिनुभएको डाँगीले घोराहीमा चक्रपथ निर्माण गर्ने, खेलमैदान निर्माण गर्ने, उद्योग तथा शैक्षिक संस्थाको उचित नियमन तथा विकास गर्ने, धार्मिक क्षेत्रको संरक्षण तथा प्रर्वदन गर्ने, दैविय प्रकोप व्यवस्थापन गर्न, युवा शक्ति पलायन रोक्ने जस्ता योजनाहरू समेत सुनाउनुभयो ।