एनआइसी एशिया बैंक २० औं बर्षमा

काठमाडौं,४ साउन । बैकिङ क्षेत्रमा अग्रणी बैंक बन्न सफल एनआइसी एशिया बैंकले  २० औं बर्ष प्रवेशको अवसरमा सेवाग्राहीलाई लक्षित गरी पूर्णतया अनलाइन प्रविधि मार्फत सेवा प्रदान गर्ने भएको छ ।

२० औं बर्ष प्रवेश गरेको अवसरमा बैंकले राजधानीमा (आज) बुधवार पत्रकार सम्मेलन गरी आफ्ना सबै सेवा पूर्णरुपमा अनलाईन मार्फत गर्ने जानकारी गराएको हो ।
‘बैंक पनि साथि पनि’ भन्ने मूल नाराका साथ अघि बढिरहेको बैंकले नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत सशक्त उपस्थिती जनाएको छ । बैंकले हालसम्म ११९ वटा शाखा कार्यालयहरु, ४ विस्तारित काउण्टरहरु, ७० एटीएम तथा ४ हजार रेमिट्यान्स काउण्टरहरु लगायतको सञ्जाल मार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेको छ ।

सर्वसाधारणको वित्तीय पहुँचलाई थप सशक्तिकरण गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम प्रत्येक भौगोलिक क्षेत्रमा बैंकिङ्ग पहुँच अभिवृद्धी गर्ने अभिप्रायले बैंकले चालु आर्थिक वर्षभित्र शाखा संख्या २०० भन्दा बढी, एटीएम संख्या ४०० भन्दा बढी, शाखा रहित बैंकिङ्ग सेवा २०० भन्दा बढी, पीओएस संख्या २ हजारभन्दा बढी तथा रेमिट्यान्स पे–आउट एजेन्ट १० हजार भन्दा बढी कायम गर्ने जनाएको छ ।


१९ बर्ष अघि विराटनगरमा क्षेत्रीय बैंकको रुपमा स्थापित यस बैंकले २०७० सालमा बैंक अफ एशिया नेपाल लिमिटेडसँग गाभिइ एनआइसी एशिया बैंकको रुपमा सञ्चालनमा ल्याएको थियो ।
ग्राहकहरुलाई छिटो छरिटो तरिकाले सेवा सुविधा पु–याउन आगामी दिनमा बैंकले पूर्णतया अनलाइन सेवा शुरु गर्न लागेको पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । यस प्रविधिमा इन्टरनेटको मार्फतबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतीको प्रकियाका बारे जानकारी लिनसक्ने उनले बताए ।

विद्युतीय बैकिङलाई अझै प्रभावकारी रुपमा अघि बढाउन पूर्णतया अनलाइन ‘एएसबीए’ प्रणाली मार्फत शेयर आवेदन, पूर्णतया अनलाइन खाता खोल्ने सुविधाहरु विस्तार गर्ने तथा कर्जा स्वीकृतीका लागि ‘स्कोर कार्ड मोडल’ लागु गर्न लागेको प्रमुख कार्यकारी अधिकृत रिसालले जानकारी दिए ।
बैंकले आफ्नो व्यवसाय विविधिकरण गर्ने उद्देश्यले बचत खाता, खुद्राकर्जा तथा साना–मझौला व्यवसायिक कर्जा विस्तारमा विषेश रणनीति लिएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *