प्रभु बैंक र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनका बीच सम्झौता

माघ २९, काठमाडौँ ।  बुधबार  प्रभु बैंक लिमिटेडले काठमाण्डौस्थित निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सनका विच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्फत गर्ने सम्बन्धी सम्झौतामा भएको छ ।   

प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाण्डौमा आज एक समारोहका बीच सम्पन्न उक्त सम्झौतामा यस बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एन प्याब्सनका तर्फबाट अध्यक्ष  विष्णु पराजुलीले हस्ताक्षर गरेकाे हो ।   

बैंक र एन प्याब्सनसँगको आज सम्पन्न सम्झौता बमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक हुनेछ । एन प्याब्सनले आफ्नाे सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत गर्नेछ भने एन प्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरुबाट संकलन गर्ने शैक्षिक शुल्क बैंक मा नै संकलन गर्न लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत गर्न सक्नेछन् । 

 उक्त विद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरुको तलबी खाता पनि प्रभु बैंकमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारहिरुले बैंक मार्फत नै तलब भुक्तानी लिन सक्नेछन् । एन प्याब्सन अन्तर्गत सदस्यता लिएका निजी विद्यालयहरुमा कार्यरत शिक्षक विद्यार्थि, कर्मचारी तथा सम्बन्धित अभिभावकहरुलाई एकीकृत वित्तीय सेवा जस्तैः नेपाल धितो पत्र बोर्डमा सुचिकृत कम्पनीहरुको आईपिओ, एफपिओ, डिबेञ्चर लगायतको सूचना उपलब्ध हुनुका साथै शेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुनेछ । 

 एन प्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रमहरुमा आधिकारिक बैंकको रुपमा प्रभु बैंकको नाम उल्लेख गर्नेछ । 

प्रभु बैंक  र एन प्याब्सनका बीच आज सम्पन्न यस सम्झौता बमोजिम एन प्याब्सन अन्र्तगत सदस्य रहेको निजी क्षेत्रका विद्यालयहरु, उक्त विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थी, कर्मचारीहरु लगायत अभिभावकहरुले प्रभु बैंक को गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सञ्जालमा सहभागी भई अधिकतम् लाभ उठाउनुहेनछ भन्ने बैंकले विश्वास लिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *