धरानमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते

 

मंसिर २८, धरान । धरानमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । 

धरानको नेपाल टेलिकम अगाडी लक्ष्मी सडकखण्डबाट भानुचौकतर्फ आइरहेको को २०प २४६४ नं को मोटरसाईकललाई सोही दिसाबाट आइरहेको स९प २१९ नं को मोटरसाईकलले ठक्कर दिँदा दुई जना घाइते भएका हुन् । 

null

साँझ साढे ६ बजे भएको सो दुर्घटनामा परि ठक्कर दिने मोटरसाईकालका चालक तथा पछाडी सवार २ जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाईते दुवै जनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भने घाइतेहरु ठेगाना भने खुल्न बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *