काठमाडौंबाट पक्राउ परे १ लाख १६ हजार नगदसहित ११ जुवाडे

 

बैशाख १५, काठमाडौं । काठमाडौंको एक घरमा मध्यराति तास खेलिरहेको अवस्थामा सवा लाखसहित ११ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ तिवारी टोलमा रहेको एक घरबाट प्रहरीले ३ बुक तास र १ लाख १६ हजार ८१५ रुपैयाँ नगदसहित ११ जनालाई नियन्त्रणमा लिएको हो । 

null

सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंमा डेरा गरी बस्ने ५४ वर्षीय रेन्जेन दोङसहित ११ जनालाई नियन्त्रणमा लिइएको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले जानकारी दिएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *