एनआईसी एशिया बैंकद्वारा ‘भ्यालेन्टाइन डे’मा नि:शुल्क डिनर अफर

मघ २७ काठमाडौं । एन आई सी बैंकले ‘भ्यालेन्टाइन डे’ मा  मोबाइल बैंकिङ्ग एप मार्फत कारोबार गर्ने ग्राहकलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा निःशुल्क डिनरको अफर ल्याएको छ ।   

जसअन्तर्गत ११ फेब्रुअरी देखि १३ फेब्रुअरी अर्थात माघ २८, २९ र ३० गते सम्म एन आई सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप कारोबार गर्ने २० भाग्यमानी ग्राहकले आफ्नो प्रेमी–प्रेमीका तथा जीवन साथीसँगै सोल्टीमा विशेष डिनर गर्न पाउने छन् ।   

यस बैंकको मोबाईल बैंकिङ्ग एप ‘मो बैंक’ मार्फत कुनै पनि भुक्तानी जस्तै क्यू आर पेमेन्ट, बिजुली बिल भुत्तानी, मोबाइल टप अप लगायतका सेवाहरुमा जतिसुकै रकमको कारोबार गर्ने २० जना भाग्यमानी ग्राहकलाई भ्यालेन्टाइन डे कै दिन डिनरको कुपन प्रदान गरिनेछ । 

null

तर यसमा इसेवा लोड, खल्ती लोड, क्रेडिट कार्ड पेमेन्ट र रकम ट्रान्सफरलाई भने बैंकले मान्यता दिने छैन । यसको नतिजा बैंकले आफ्नोे फेसबुक पेज तथा जित्ने ग्राहकलाई फोनमार्फत जानकारी दिनेछ ।   

डिनर जित्ने ग्राहकले आफ्नो कुपनसहित भ्यालेन्टाइन डे को दिन अर्थात फेब्रुअरी १४ मा सोल्टी क्राउन प्लाजा होटलमा भब्य डिनर गर्न पाउनेछन् ।   

बैंकले यो विशेष योजनाले नेपाल सरकारको ‘डिजिटल नेपाल’ को लक्ष्यलाई टेवा पु¥याउने विश्वास लिएको छ । यस्ता अफरहरुले आमजनमानसलाई डिजिटल बैंकिङ्ग प्रती लालायीत गर्ने र नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने विश्वास बैंकको रहेको छ ।   

बैंकले यस्ता थुप्रै अन्य योजनाहरु ल्याइसकेको छ भने भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जानकारी गराएको छ ।   

साथै बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न क्यास व्याक अफर नियमित रुपमा दिइरहेको छ । यस बैंकको ‘मो ब्यांक’ मार्फत एनटिसी÷एनसेल टपअप गर्दा ३ प्रतिशत क्यास ब्याक तथा हरेक बुधबार दराज डटकमबाट सामान खरिद गर्दा १० प्रतिशत वा रु. ५०० सम्मको क्यासब्याक, हरेक शुक्रबार ह्याप्पि आवरमा एपमार्फत भुक्तानी गर्दा अधिकतम रु. १०० सम्म क्यास ब्याक र सामसुङ ग्यालेक्सी एस १० प्लस तथा नोट १० प्लस खरिद गर्दा अधिकतम रु. ३,००० सम्मको छुट दिने व्यवस्था बैंकले ल्याएको छ । 

बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ५१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।   

करिब २१ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।   

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।   

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *