विशेष सुराकीको आधार तीन भारतीय चोर पक्राउ

 

बैशाख ३, काठमाडौँ । केही दिन देखी चोरीको बिगबिगी बढ्दै गईरहेको अवस्थामा चोरीको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार उनीहरुले कामाडौँमा कोठा भाडामा लिएर चोरी र लुटपाट गर्दै आईरहेका थिए । प्रहरीले हिजो ती तीनै भारतीय नागरिकलाई सार्वजनिक गरेका छन् ।  

 सार्वजनिक गरिएकाे भारतीय नागरिकमा भारतको मोतिहारी घर भई हाल काठमाडौँको ताहाचल बस्ने २० वर्षका दिपक प्रसाद जैसवाल, भरातको बैसाला घर भई हाल टेकु बस्ने बिजु साह, र भारत सतामाडी घर भई हाल कालिमाटी बस्ने २१ वर्षका राज कुमार राम रहेका छन् । 

null

उनीहरुको साथबाट मोवाइल, घडी लगायतका सामानहरुका साथै नगद दुई लाख रुपैयाँ फेला पारिएको प्रहरीले जानकारी दिएका छन् । 

उनीहरुले विशेष मादक पदार्थ सेवन गरेका व्यक्तिलार्ई निशाना बनाई पिछा गर्ने र लुट्पाट गर्ने गरेको अनुसन्धानको क्रममा बताएका छन् । विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनकारी दिएको छ ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *