करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ

 

साउन १४, चितवन । चितवनको रत्ननगर स्थित खगेरी खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

रत्ननगर ११ स्थित खगेरी खोलामा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । 

null

पक्राउ पर्नेमा रत्ननगर १० का १८ वर्षिय विक्रम तामाङ र सोही ठाउँका वर्ष २६ का साहिला विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । 

उनीहरुले विजुलीको नाङ्गो तारमा हुकिङ गरि माछा मारिरहेका थिए । उनीहरुको साथबाट हुकिङ गरेको तार समेत बरामद गरिएको र दुवैजनालाई ईलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको प्रवक्ता कोईरालाले बताए । 

सरकारले नदी, खोलामा करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाएको छ । पक्राउ परेकाहरुलाई अभद्र व्यवहार शीर्षकमा मुद्दा चलाईने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *