प्रतिव्यक्ति आय १ लाख १७ हजार, १ खर्ब वैदेशिक सहयोग

 

जेठ १३, काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । 

सोमबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्षको सर्वेक्षण सार्वजनिक गरेका हुन् । 

null

आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्ष २०७५/०७६ मा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान रहेको बताए । प्रतिव्यक्ति खर्च योग्य आय १ लाख ५५ हजार पुग्ने उनको भनाइ छ । 

चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने सरकारी अनुमान रहेको पनि अर्थमन्त्री जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा कुल लगानी २९.० प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब हुने अनुमान छ। कुल गार्हस्थ्य बचतको वृद्धि भन्दा कुल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानी बीचको अन्तर बढ्दै गएको छ। 

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४र७५ को सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब पुगेको छ। 

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म संघीय विभाज्य कोषरसंघीय सञ्चित कोषमा दाखिला भएको राजस्व ५ खर्ब रहेको र यो रकम आर्थिक वर्ष २०७४/७५ को सोही अवधिको तुलनामा २१.७ प्रतिशतले बढी भएको उनको दाबी छ । 

आव २०७५/७६ को फागुनसम्म १३ अर्ब अनुदान र ९३ अर्ब ऋण गरी थप १ खर्ब वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्री खतिवडाको दाबी छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *