प्रसाईंलाई जवाफसहित २१ दिनभित्र उपस्थित हुन अदालतको आदेश

माघ २, काठमाडौँ । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई लिखित जवाफसहित २१ दिनभित्र अदालतमा उपस्थित हुन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ । 

बिहीबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई लिखित जवाफसहित २१ दिनभित्र अदालतमा उपस्थित हुन भन्दै सूचना जारी गरेको हो।   

बी एण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्ययनका लागि सम्बन्धन प्रदान गर्न आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको प्रसाईंले आरोप लगाएका थिए । 

त्यसलगत्तै गिरीले जिल्ला अदालत काठमाडौँमा प्रसाईविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका थिए । 

मुद्दा परेपछि जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई २१ दिनभित्र हाजिर हुन वा जवाफ पेस गर्न सूचना पठाएको जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *