मोरङमै पाउँदैनन् महिलाले पुरुष सरह ज्याला

 

जेठ २४, विराटनगर । मोरङका सिमावर्ती दक्षिणी गाउँ तथा नगरपालिकाहरुमा यतिवेला कृषकलाई वर्षे धान थन्क्याउन भ्याई नभ्याई छ । गत माघ महिनामा रोपेर जेठ अन्तीम साता काटिने धान थन्क्याउन कृषकलाई भ्याइ नभ्याई भएको हो । 

मोरङका कटहरी, ग्राम थान, धनपाल थान गाउँपालिका, रंगेली, सुनवर्सि, रतुवामाई लगायतका नगरपालिकाहरुमा कृषकहरु जेठ महिनाको प्रचण्ड गर्मीमा पनि वालि भित्र्याउन व्यस्त हुन थालेका हुन् । दक्षिणी भेगमा यतिवेला सयौं बिघा खेतमा अहिले पहेलै धान फलेको देखिन्छ । खेतमा फलेको धान थन्क्याउन कृषक तथा खेतालाहरु घान काट्न, ओसार्न र दाईँ गरेर भित्र्याउन व्यस्त देखिन्छ । 

null

वर्षा सुरु हुनु अगावै धान थन्क्याई सक्नुपर्ने भएकाले खेतमा काम गर्ने कृषक र कृषि मजदुरलाई भ्याई नभ्याई रहेको मोरङको रंगेली नगरपालिकाकी पार्वती सरदारले बताइन् । उनले सरकारले तोके अनुसारको दैनिक ज्याला पाउनुपर्ने भएपनि आफुहरुले नपाउने गरेको गुनासो गरिन् । उनले भनिन् ‘यतिबेला वर्षे धान पाकि सकेकाले ज्यालामा काम गर्ने हामीलाई पनि रोजीरोटीको अवसर त भएको छ तर, पुरुषको दाँजोमा हामीले निकै कम ज्याला पाउँछौं ।’ 

 

उनले धान रोप्दा वा काट्दा आफुहरुलाई दिनको एक सय रुपैयाँ दिने गरेको र पुरुषलाई ३ सय रुपैयाँ दिने गरेकोे गुनासो गरिन् । ‘एउटै काम हामीले सय पाउँछौँ छोरा मान्छेले ३ सय । यो त अन्यायनै भयो नि ।’ उनले भनिन् । 

तराईका अधिकांश ठाउँहरुमा कृषकहरुले माघमा रोपेको घान जेठ महिनामा काटेर पुनः असारमा धान वाली लगाउने गरेका छन् । उनिहरुले धुटराज, बाँस, मनसुली, राधा १२ लगायत जातका जस्ता धान रोप्ने गरेका छन् । 

रंगेलीका २५ बर्षिय भरत राजवंशीले १ वर्षमा धान वालि दुई पटक लगाउने गरेको जानकारी दिए । उनले आफ्नो बाबुका अनुसार बिगत २० बर्ष देखि ३ बिघा खेतमा दुई बाली धान लगाउने गरेको बताए । उनले युरिया मलको प्रयोगका कारण माटो बिग्रीएकाले अन्य बालि नफस्टाउने बताउँदै धान खेतीनै लगाउने गरेको जानकारी दिए । उनले आफुले लगाएको ३ विगाह खेतमा करिब ३ सय मन धान फल्ने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *